रास्वपाको चियापान असार ७ मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, जेठ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले थाइल्याण्ड नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाइ, वृक्षारोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ