Ad imageAd image

वडाध्यक्षले बुहारीलाई जागिर खुवाएको भन्दै विरोध

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

दाङ । दाङ बबई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तिलकराम भण्डारीले षडयन्त्र गरेर आफ्नो बुहारीको नाम निकालेको भन्दै विरोध भएको छ । दाङको बबई गाउँपालिका वडा नं. स्थित सिद्देश्वरी आधारभूत विद्यालय सिमलकुनाकोलागि आइतबार लिइएको निमावी तह अंग्रेजी विषयको परीक्षामा दुई जना सहभागि भएको थिए ।

ति मध्ये वडाध्यक्ष भण्डारीका जेठी बुहारी सपना वली भण्डारी र शान्तिनगर निवासी हेमा भण्डारी परीक्षामा सहभागि थिए । तर, बुहारीको नाम निकाल्ने गरि षडयन्त्र गरेको भन्दै यो नतिजा आफूलाई मान्य नभएको परीक्षार्थी हेमा भण्डारीले विज्ञप्ति जारी गरि जानकारी दिईन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनले लेखेकी छन्‘ सोही वडाका वडाध्यक्ष तिलकराम भण्डारीले आफ्नी जेठी बुहारी सपना वली भण्डारीलाई नाम निकाल्ने गरि षडयन्त्र गरि मध्यराती बुहारीको नाम निकालेको विषयले मलाई गम्भीर चोट पु¥याएको छ ।’

- Advertisement -
Ad imageAd image

साथै उनले आफूले परीक्षा दिएका कपि हेर्नकालागि निवेदन दिने समेत बताएकी छन् । आफ्ना–आफ्ना मान्छेलाई जागिर खुवाउने कुराले नै यो देश विग्रिएको उनको बुझाई छ । यसका विरुद्ध जस्तो सुकै कदम चाल्न आफू तयार रहेको उनको भनाई छ ।

‘यो मेरो ब्यक्तीगत कुरा मात्रै नभई आम न्यायको कुरा पनि हो ’,उनले विज्ञप्तिमा भनेकी छन्‘ हरेक ठाउँमा यसरी नै क्षमता भन्दा पनि आफ्ना मान्छे हेर्ने चलनले धेरै राम्रा मान्छेहरु बाहिरिनु परेको अबस्था छ । यो अन्त्य हुन आबश्यक छ ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
43%
2 km/h
बुध
29 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ