गृहमन्त्री लामिछानेविरुद्धको रिटमा मुद्दाको मिसिल झिकाउन आदेश

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा रुपन्देही जिल्ला अदालतमा दायर भएको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले अर्को पेसी आगामी असार ४ गतेका लागि तोकेको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘कृष्णप्रसाद खरेल समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवाली जितेन्द्रबाबु राई (जि.बी. राई) समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाई पूर्व आदेशानुसार अग्राधिकार दिई मिति २०८१–०३–०४ को पेशी तोकी नियमानुसार पेश गर्नुहोला ।’

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
26%
3 km/h
शुक्र
28 °C
शनि
31 °C
आइत
32 °C
सोम
33 °C
मंगल
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ