जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता विश्वव्यापी समस्या: उपराष्ट्रपति यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौती–जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता–विशाल र जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यी चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेको बताउनुभएको छ।

नेपाल खुला विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा ३० औँ अन्तर्राष्ट्रिय दिगो विकास अनुसन्धान सम्मेलनको समुद्घाटन गर्दै उहाँले उक्त आवश्यकता औँल्याउनुभएको हो।

‘नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण, दिगो कृषि र पर्यटनमार्फत ग्रामीण समुदायलाई सशक्तीकरण गर्ने नेपालको प्रयास वातावरणसँग सुमधुर सम्बन्ध कायम गर्ने केही महत्त्वपूर्ण उदाहरण हुन्’ उहाँले भन्नुभयो, ‘विश्व नै जलवायु परिवर्तन लगायतका समस्याको चपेटामा परेकाले एउटा देशको प्रयासले मात्र पुग्दैन।

कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतीलाई एक्लै सम्बोधन गर्न पनि सक्दैन। त्यसैले विश्वका चुनौतीको विश्वव्यापी समाधान आवश्यक छ।’उपराष्ट्रपति यादवले यो सम्मेलन विश्वव्यापी सहयोगको भावना अभिवृद्धि गर्दै सुनौलो र दिगो भविष्य निर्माणका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न उत्प्रेरित गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

उपराष्ट्रपति यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौती– जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता–विशाल र जटिल रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यद्यपि, यी चुनौतीहरू भित्र समाज र अर्थतन्त्रलाई समान र दिगो रूपमा रूपान्तरण गर्ने महत्त्वपूर्ण अवसर पनि रहेका छन् ।

उहाँले नेपाल दिगो विकास क्षेत्रको समस्याको समाधान र सहयोगको पक्षमा रहेकोसमेत बताउनुभयो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ