रुपन्देहीमा दाङको बस दुर्घटना, ४३ जना घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौँका लागि छुटेको रा. १ ख. २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु. १ ख. ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हीराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधवार बिहानसम्म अधिकांश डिस्चार्ज भैसकेका छन् ।

केही घाइतेको भने अझै पनि उपचार भइरहेको छ । उता बसका सहचालक भने गम्भीर घाइते छन् । उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ