काठमाडौँ, । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले प्रदेश तेस्रो तहका नेतालाई राख्ने स्थल बनेको बताउनुभयो।उहाँले व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई अँगाल्न नसकेको बताउनुभयो।उहाँले तेस्रो तहका नेतालाई राख्ने ठाउँ प्रदेश बनेको बताउनुभयो।अहिले भएको प्रदेशले संविधान र सङ्घीयतालाई बोक्न नसकेको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नलाई लिएर धेरै जिज्ञासा छन्।प्रदेश जुन ढङ्गको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो।के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई बोकेको छ की बदनाम गराउने काम गरेको छ।त्यसलाई हामीले ढङ्गको बनाउनुपर्छ भनेको हो।त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेतालाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ ।’गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताउनुभयो।उहाँले मिलेर जाऊँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गर्नुभयो।
थाइल्यान्ड सरकारले मिन आङ ह्लाइङलाई निमन्त्रणा दिएको विषयमा थाइल्यान्डका ३ विश्वविद्यालयका विद्यार्थी संघ र १९ विद्यार्थी संगठनको कडा विरोध
थाइल्यान्ड सरकारले म्यानमारका सैन्य नेता मिन आङ ह्लाइङलाई औपचारिक रूपमा निमन्त्रणा दिएको विषयमा थाइल्यान्डका तीन विश्वविद्यालयका विद्यार्थी संघ तथा कुल १९ विद्यार्थी संगठनले आज संयुक्त रूपमा कडा विरोध जनाएका छन्।…


