Ad imageAd image

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

गुल्मी । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनु भएको छ। काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

उहाँको प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याउनु भयो। ११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो ।

अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए । निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित हुनुभएको छ,भने उहाँ प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाउनुभयो।

- Advertisement -
Ad imageAd image

११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यसपटकको १२ औं जिल्ला अधिवेशनमा भने, उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभयो थियो । सचिवमा धर्म विश्वकर्मा विजयी हुनुभयो । विश्वकर्माले ३७१ मत पाउँदा उहाँका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाउनु भयो।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
69%
सोम
22 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
29 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ