Ad imageAd image

कोशी प्रदेशमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

विराटनगर । कोशी प्रदेश सरकारले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विभिन्न शीर्षकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो। मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो।

त्यसमध्ये चालु खर्च अन्तरगत सङ्घीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब विनियोजन गर्नुभएको छ। कोशी सरकारले प्रस्तुत गरेको विनियोजित खर्च प्राप्त गर्न आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख रुपियाँ गरी स्रोतको व्यवस्थापन मिलाएको छ।

यी स्रोतबाट ३१ अर्ब ९२ करोड ३४ लाख रुपियाँले प्राप्त हुने र बाँकी ३ अर्ब २५ करोड नगद मौज्दातबाट र १० करोड ५९ लाख रुपियाँ वैदेशिक अनुदानबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासका लागि सबैभन्दा बढी १० अर्ब ४१ करोड रुपियाँ बजेट छुट्याएको छ।

यस्तै खानेपानी तथा ऊर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, कृषितर्फ २ अर्ब ६७ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड, पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यस्तै आन्तरिक मामिला तथा सूचना सञ्चारका लागि प्रदेश सरकारले १ अर्ब ३ करोड रुपियाँ विनियोजन गरेको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
61%
5 km/h
आइत
24 °C
सोम
30 °C
मंगल
29 °C
बुध
28 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ