सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गर्नुभएको छ ।

चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पुँजीगत खर्च १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार (५५.७२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ९२ करोड ७० लाख १० हजार (९.०५ प्रतिशत), वित्तीय व्यवस्थापनमा १० करोड (०.३१ प्रतिशत) विनियोजन भएको छ ।

भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । ऊर्जा सिँचाइका लागि ३ अर्ब ६१ करोड छ । सरसफाइ र खानेपानीमा १ अर्ब ९२ करोड बजेट छुट्टयाएको छ । शिक्षा स्वास्थ्यका लागि छ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ ।

कृषिमा ३ अर्ब ९ करोड बजेट वन पर्यटन मन्त्रालयका लागि २ अर्ब ४ करोड, आन्तरिक मामिला मन्त्रालयका लागि ३८ करोड ६९ लाख बजेट छुट्टयाएको छ ।

अधिकांश कार्यक्रमहरू विगतकै दोहोर्‍याएको सरकारले आ.व. २०८१/८२ देखि दलित अधिकार दशक घोषणा गर्ने यहाँका दलितको अवस्था अध्ययन गरी गुरुयोजना बनाउन बजेट छुट्टयाएको छ । चालू आव २०८०/८१ मा मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट थियो ।

चालू तर्फ ३२.७९ प्रतिशत, पुँजीगततर्फ ५८.१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरणमा ८.०२ प्रतिशत र वित्तीय व्यवस्थापनमा १.०३ प्रतिशत विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २.२१ प्रतिशतले चालू खर्च बढेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
88%
2 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ