Ad imageAd image

बर्नहार्ट कलेजले २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा २५ जना विद्यार्थीलाई निःशुल्क पढाउने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ ।

काठमाडौंको वल्खुमा रहेको उक्त कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

‘कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हौ, अधिकारीले भने । कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा (एसईई) परीक्षामा ४ जिपिए अनिवार्य गरिएको छ । कलेजको यो घोषणासँगै ४ जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।

उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुका लागि यो योजनाले विद्यार्थीहरुको भविष्यलाई साकार बनाउन मद्दत गर्ने क्याम्पस प्रशासनको अपेक्षा रहेको छ ।

- Advertisement -
Ad imageAd image

देशैभरि भएका हजारौं प्लस टु कलेजको भीडमा विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदैं आएको यस कलेज २०५७ सालमा स्थापना भएको हो । विद्यालयले विद्यार्थीहरुको क्षमताअनुसार विद्यार्थी केन्द्रित स्तरीय पठनपाठन गराउँदैं आएको छ ।

कक्षा नर्सरीदेखि मास्टर लेभलसम्मको अध्यापन गराउँदैं आईरहेको यो कलेज नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ सालमा निजी तर्फ उत्कृष्ट महाविद्यालयको घोषित हुँदैं सम्मानित समेत भएको थियो ।

सेयर: 27
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
scattered clouds
26° _ 26°
57%
1 km/h
बिहि
26 °C
शुक्र
22 °C
शनि
28 °C
आइत
29 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ