Ad imageAd image

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

अत्तरिया, ४ असार : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात अर्ब ३२ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ रु १८ करोड ९५ लाख र अन्यतर्फ रु एक अर्ब ४० करोड आठ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिनुभयो ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख, मङ्सिरमा रु ७३ करोड ३४ लाख र पुसमा रु ६८ करोड ९० लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, माघमा रु ६६ करोड ६७ लाख, फागुनमा रु ६९ करोड एक लाख, चैतमा रु ७२ करोड १३ लाख, वैशाखमा रु ७५ करोड १७ लाख र जेठमा रु ८३ करोड ५३ लाख राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । “आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पूँजीगत खर्च कम छ”, सूचना अधिकारी खड्काले भन्नुभयो, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व सङ्कलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ ।” भन्सार कार्यालयको गत आव २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख राजस्व सङ्कलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
100%
आइत
27 °C
सोम
27 °C
मंगल
27 °C
बुध
28 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ