यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्याएको छ । घटनास्थलमा उद्धारको काम जारी रहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताउनुभयो ।

उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । बिहीबार बिहान ६ः३० बजेतिर बागमती नगरपालिका १ स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बस र सोही स्थानमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक (लहरी) ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको छ । तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा पुग्नुभएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ