रुकुमपश्चिममा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु,पाँच जनालाई थप उपचारको लागि नेपालगन्ज लगियो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । चौरजहारी नगरपालिका-१२, दोभानखोला नजिक भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यू भएको छ, भने ६ जना घाईते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउने चौरजहारी नगरपालिका-१२, रुकुम पश्चिमका २६ वर्षका गोपाल केसी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चौरजहारी नगरपालिका-१२ का १२ वर्षका कल्पना ओली, ४२ वर्षका बलु जैसी, ३२ वर्षका सरद शर्मा, वडा नं. ५ का १९ वर्षका विकास कुमाइँ र लक्ष्मण कुमाइँ, वडा नं. ११ का ८ वर्षका विकास डाङ्गी घाईते भएको प्रहरीले जनाएको हो । घाइतेहरू पाँच जनाको चौरजहारी मिसन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ ।

घाइते भएका चालक लक्ष्मण कुमाइँको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूलाई चौरजहारी नगरपालिकाको दुई वटा एम्वुलेन्स र स्कारपियोमा थप उपचारका लागि नेपालगञ्ज पठाइएको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश ०३००१ त ००१ नम्बरको ट्याक्टर बिहान ९:०० बजे दुर्घटनामा परेको थियो।

सेयर: 924
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ