लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ, लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । नेपाली काँग्रेसको अवरोधका कारण रोकिएको शुक्रबारको बैठक स्थगित भएको हो । अब ९ असार, आईतबारको दिन विहान ८ बजे बैठक बस्ने छ । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए । उनले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको समेत बताए । शुक्रबार आगामी आर्थिक बर्ष २०८१÷०८२ को‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको सैद्धान्तिक छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले जवाफ दिने कार्यसूचि रहेको थियो । त्यस्तै मन्त्री आचार्यले आगामी आर्थिक बर्षको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्य सूचि रहेको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
3 km/h
बिहि
18 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ