रोल्पाको माडि गाउँपालिका ३ परेवा छहरा जिप दुर्घटनामा भएको छ ।
माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ जना पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ । लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रत्यक्षदर्शिहरुले जानकारी दिएका छन ।
घटना स्थलमा प्रहरी पुगेर उद्दार कार्यमा खटिएको छ ।साथै स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन । गाडिमा १४ जना सवार रहेको बताइएको छ । घटनास्थलमा रहेका स्थानीयका अनुसार बाटोमा पहिरो गएको र गाडि रोकेर हेर्दै गर्दा ब्याक भएर गाडि सडकबाट तल खसेको हो । उद्दार कार्य जारी रहेकाले र मृत्यु हुनेको संख्या बढ्न सक्ने उद्दारकर्मीहरुले बताएका छन् । थप जानकारी आउन अझै बाँकी छ । मृतक कसैको पनि पहिचान खुल्न सकेको छैन
रोल्पामा जीप दुर्घटना ,८ जनाको मृत्यु

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
प्रतिक्रिया

