Ad imageAd image

पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गछौँ’ -प्रभाकर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कास्की, २५ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताउनुभएको छ । पार्टीको पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई क्रियाशील बनाइने बताउनुभयो । “पार्टी सङ््गठन निर्माण र सुदृढीकरण अबको हाम्रो पहिलो प्राथमिकता हो”, उपमहासचिव शर्माले भन्नुभयो, “संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए तीनवटै मोर्चाबाट सङ्घर्ष गछौँ ।” पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गर्दै उहाँले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने बताउनुभयो । उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रलाई थप एकताबद्ध र शक्तिशाली बनाइने उहाँको भनाइ थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उहाँले बताउनुभयो । माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले बताउनुभयो ।

सेयर: 32
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ