म्याग्दी, २८ असार : म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको आज विहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू
थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १३ औं शृङ्खलामा ‘आधा आकाश, सिर्जना संसार’…

