फुङ्लिङ (ताप्लेजुङ), ४ साउनः एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । समितिका अनुसार मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५ र माघमा छ हजार चार सय एकजनाले पूजापाठ गरेका छन् । त्यस्तै फागुनमा १७ हजार नौ सय १२ र चैतमा ५२ हजार चार सय ५५ भक्तजनले पूजापाठ गरेका छन् । जेठमा आठ हजार छ सय २९ र असारमा दुई हजार सात सय ५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि उक्त देवीथान पुगिन्छ ।
दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

प्रतिक्रिया
ट्रेन्डिङ
कविता: आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन्
तानाशाह विचार सँग डराउँछ र बन्ध्याकरण चाहन्छ उदीयमान सोचहरूमा ! तानाशाह चेतना सँग पनि डराउँछ…
उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका…
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य…
बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ । शुक्रबार…

