नारायणगढ, ५ साउन : चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताउनुभयो । घाइतेमध्ये एकजना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’ २४औं शृङ्खला सम्पन्न: भाषा, साहित्य र संस्कृतिको जगेर्नामा जोड
बैंकक – जनैपूर्णिमाको पवित्र अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २४औं संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। अगस्ट २६ तारिख बुधबारका…


