मानव अधिकार संरक्षणको हक कागजमा मात्र सिमित भयोः महामन्त्री शर्मा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिएपनि त्यो कागजमा मात्र सिमित भएको  बताएका छन् ।

शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भएपनि कार्यान्वयनमा नआएको बताएका हुन् । 

उनले  भने,  ‘हामीले  संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौं । सम्पत्तिको हक लेख्यौं, समानताको हक लेख्यौं, स्वास्थ्यको हक लेख्यौं, यातना विरुद्दको हक लेख्यौं, सूचनाको हक लेख्यौं । तर हकका कुरा लेखिएपनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ति हकहरुले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’

साथै उनले सबैखाले हकहरुको सार हाम्रो समाज भएको बताए । उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भनेमात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे ।

शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभुत गर्नुपर्ने बताए ।  उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौं । २१ औं  शताब्दीमा पनि हामी छुवाछुत भनेर  मानिरहेका छौं  यसरी  कसरी  नागरिकलाई समानता प्रदान  गर्नसक्छ ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ