Ad imageAd image

काभा महिला लिग:इरानलाई हराउदै नेपाल फाइनलमा

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

साउन २२ काठमाडौँ : काभा वुमन्स नेसन्स लिग भलिबलको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले इरानलाई २५–२१‚ २८–२६ र २५-२० ले सोझो सेटमा पराजित गरेको हो। 
नेपालको जितमा आज निरुता ठगुन्ना‚ उषा भण्डारी‚ साफिया पुन र सरस्वती चौधरीले खेलमा उत्कृष्ट प्रदर्शन गरे।
आजको जितसँगै नेपालले समूह चरणमा इरानसँग भोगेको हारको साटो फेरेको छ। 
अब नेपालले उपाधिका लागि भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच पनि भोलि नै खेल हुनेछ।
आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ। 
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले पनि श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको हो।
भारतले श्रीलंकामामाथि २५–१५, २५–१६ र २५–२३ ले पराजित गरेको हो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
94%
2 km/h
शनि
25 °C
आइत
25 °C
सोम
25 °C
मंगल
25 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ