ग्लोबल टी–२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  क्यानडामा जारी ग्लोबल टी–२० लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक÷एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए ।

टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक÷एक विकेट लिए ।

नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ