शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छोडे त्यसैले राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छः लिङ्देन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पु¥याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छाडेको स्मरण गराएका हुन् ।

उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने राजाको योगदान छैन ? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पु¥याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’

साथै, उनले भ्रष्टाचार र हिंसा जहिले पनि दण्डित हुनुपर्ने बताए । संसद्मा प्राप्त गणित मात्रै सत्य नहुने बताउँदै उनले बंगलादेशबाट पाठ सिक्नुपर्ने बताए ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
67%
3 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ