Ad imageAd image

सुगौली सन्धिमा गुमेको नेपाली भूमी ल्याउन पार्टी र मोर्चाबीच सहकार्य

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् ।

विहीबार राजधानीको संवाद डबलीमा पार्टीले पहिलो पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफ्नै जीवनकालमा भारतीय कब्जामा रहेको भूमि फिर्ता ल्याउन सकिने दाबी गरे ।

- Advertisement -
Ad imageAd image

विशाल नेपाल कम्युनिस्ट पार्टीको प्रथम पत्रकार सम्मेलनमा स्थायी समिति सदस्य विवेकले १८१६ को सुगौली सन्धीबाट गुमेको भूमिलाई फिर्ता नगरेसम्म नेपाल स्वाधिन, समृद्ध र शक्तिशाली नहुने बताएका छन् ।

नेपालको राष्ट्रिय स्वाधिनता र अधुरो वर्ग संघर्षलाई पूरा गर्न क्रान्तिकारी कम्युनिस्ट तथा राष्ट्रवादी शक्तिहरुसँग एकता–सहकार्य गर्दै जाने पनि बताए ।

सोका लागि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चासँग सहकार्य गरेको बताउँदै भने,‘४ दशकदेखि गुमेको भूमीको वकालत गर्दै आउनु भएका फणिन्द्र नेपालजीसँग पहिलो सहकार्य भयो जुन एैतिहासिक छ ।’

विवेकले देशको पक्षमा बोल्ने सच्चा राष्ट्रवादीहरुको हत्या भएको विषयलाई स्मरण गर्दै भने,‘हामीले भारतीय कब्जामा रहेको भूमिको मुद्दा उठाउँदै गर्दा हाम्रासामू चुनौतिका पहाड खडा हुने नै छन् । विगतमा, मदनभण्डारी, वीरेन्द्रलगायतको हत्या भयो । आवश्यक पर्दा बलिदानको लागि तयार हुनेछौं तर कसैसामु झुक्ने या बिक्ने छैनौं ।’ विवेकले सुगौली सन्धी, गोर्खा भर्ति, असमान जलस्रोत तथा ब्यापारलगायत सन्धि–सम्झौता खारेजीको लागि निरन्तर राष्ट्रिय स्वाधिनताको अभियान चलाइरहने बताए ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतीय कब्जामा रहेको नेपाली भूमि शासकहरुले स्वार्थबाट मुक्त हुँदै आँट गरी माग राखे भारतले छाड्नु पर्ने धारणा राखे । उनले भारतले राजदुतावासमा बसेर ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा सो कुरा अवैधानिक भएको बताउँदै भने,‘ब्रिटिसहरुले इण्डिया छाड्दै गर्दा नेपाली भूमि फिर्ता गरेका थिए । तर उसले अझै अवैधानिक तवरले हाम्रो भूमि भोगचलन गरिरहेको छ । दुतावासमा बसेर झण्डा फहराउँछ, जुन हामीले सहनु हुन्न ।’

विशाल नेपाल पार्टीको राष्ट्रियताको मुद्दा उठाएकोमा शुभकामना दिदै भने,‘म ग्रेटर नेपालको मुद्दा उठाउने हरेक पार्टीको झोला बोक्न तयार भएँ, तर विगतमा कसैले पनि त्यो आँट गरेनन् । अब यो पार्टीले मालाई त्यो अवसर दिन्छ भन्ने विश्वास छ ।’

पार्टीका सचिवालय सदस्य चेतनाथ ओली ‘सफल’ले आफ्नो पार्टीले चुनौतिपूर्ण मुद्दा उठाउँदै गर्दा धेरैले असम्भव रहेको बताए पनि आफूहरुले अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरे ।

ओलीले कहिल्यै पनि कसैको गुलाम नरहेको नेपाल विगत र वर्तमान शासकहरुको कमजोरीका कारण देश झन कंगाल हुँदै गएको बताउँदै भने,‘कानुनसम्मत नेपाली भूमी फिर्ता हुने अवस्था रहँदा पनि स्वार्थ र भयले उनीहरु भारतसामू सम्झौत गर्छन । तर अब त्यस्तो हुन दिनुहुन्न ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
mist
17° _ 17°
100%
2 km/h
शुक्र
17 °C
शनि
19 °C
आइत
22 °C
सोम
26 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ