Ad imageAd image

हामीले नगरेको गल्तीको सजाय भोगिरहेको छौं : अध्यक्ष प्रचण्ड

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालजस्ता देशहरूले नगरेको गल्तीको सजाय भोगिरहेको बताएका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठूलो धनजन क्षति व्यहोर्नुको पछाडि नगरेको गल्तीको सजाय भोगिरहेको प्रसंग उल्लेख गरेका हुन् ।

शनिबार सामाजिक संजालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयमिक जोखिममा पर्दै गएको यल्लेख गरेका छन् ।

‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन्, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ। मैले संयुक्त राष्ट्रसंघको महासभादेखि कोप २८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ। नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौं,’ उनले अगाडि भनेका छन्,‘ हिजो मात्र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको छ र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको छ।’

- Advertisement -
Ad imageAd image

अध्यक्ष प्रचण्डले नेपाल सरकारलाई उद्दार र राहतमा कमि हुन नदिन आग्रह पनि गरेका छन् । उनले विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन अपील समेत गरेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ