रुकुम पश्चिमको चौरजहारीमा एक इन्जिनियर आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भाद्र २ रुकुम पश्चिम !
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक इन्जिनियर मृत फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घर भएका चन्द्रु अधिकारी चौरजहारी नगरपालिका वडा नम्बर २ मा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार ३८ वर्षीय इन्जिनियर आज मध्यान्न १२ बजेतिर आफ्नै कोठामा मृत फेला परेको जानकारी प्राप्त भएको बताउनुभयो ।


अधिकारीले आत्महत्या गरेकाे जस्ताे देखिएकाे र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।

अधिकारी चौरजहारी २ मा भाडामा बस्दै आएको कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको उहाँको भनाई छ ।


इन्जिनियर अधिकारी केही वर्ष देखि चौरजहारी नगरपालिका २ स्थित ज्ञान बहादुर रानाको घरमा भाडामा बस्दै आएको बताइएको छ ।

उनी एम.बि.(M.B) कन्ट्रसन कम्पनीमा कार्यरत इन्जिनियर हुन ।

घटनाको बारेमा अधिकारीको घरमा जानकारी गराइएको र शवलाई आवश्यक प्रक्रियाका लागि पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको डिएसपी पोखरेलले बताउनुभयो । 

सेयर: 371
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
37%
3 km/h
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ