वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउन लागि परेको छौं

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि मन्त्रालय लागि परेको बताएका छन् ।


आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको बैठकमा उनले सबैको चासोको रुपमा वातावरण विभाग रहेको भन्दै यसमा सरकार गम्भीर भएर लागेको बताए ।


वातावरण मन्त्रालय नै अर्को बनाउने कुरा भने सम्भव नरहेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई नै सम्पन्न बनाएर लान सकिने पनि उनको भनाई छ ।


उनले भने, ‘भविष्यमा युवाहरुको बढुवाको अवसर र उहाँहरुलाई यो वातावरण समुहमा पनि आवद्ध गर्ने कुरा अगाडि बढि सकेको कुरा जानकारी गराउन चहान्छु । सबैको चासोको रुपमा रहेको वातावरण मन्त्रालय र वातावरण विभाग नै छुट्टै हुनु पर्छ भन्ने कुरा पनि आएको छ । वातावरण विभाग कार्यरत छ र त्यहा पर्याप्त जनशक्तिको अभाव र स्रोतसाधनको अभाव छ नै यसलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि वन तथा वातावरण मन्त्रालय लागि परेको छ ।’
यसको साथै, उनले वातावरण परिषद् बनाउने कुरामा पनि मन्त्रालय सकारात्मक रहेको भन्दै यो विषयमा छलफल अगाडि बढाएर वातावरण परिषद् निर्माण गर्ने बताए ।


उनले वन मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्ने कुरा उल्लेख गर्दै जलवायु परिवर्तनको बारेमा पनि गम्भीर रहेको बताए ।
उनले भने, ‘अहिले जलवायु परिवर्तनको कुरा विश्वव्यापी रुपमा आएको छ । यसले नेपलालाई पनि प्रभाव पारेको हुनाले वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्छ जस्तो लाग्छ । यस विषयमा छलफल हुन आवश्यक छ । जलवायु परिवर्तनको बारेमा गम्भिर भएर लागेका छौ ।’


आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्या र नेपालमा वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका सम्बन्धमा छलफल भएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
scattered clouds
16° _ 16°
77%
2 km/h
शनि
14 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ