जलस्रोत विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पूर्वाधार विकास समितिको बैठकले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।
आइतबार सिंहदरवारस्थित समिति सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा भएको छलफलमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र संशोधनकर्ता सांसदहरुसँग छलफल भएको हो ।


बैठकमा, संशोधनकर्ता सांसद दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्ने धारणा राखे । धेरै सस्तो र उत्पादनमा लागत कम लाग्ने भन्दै त्यसलाई नीतिगत सिफारिस गरी एउटा बुँदामा थप्नुपर्ने माग राखे ।
उनले भने,‘अब अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन पनि नीजि क्षेत्रलाई बनाउन दिने हो भने धेरै छिटो बन्छ । धेरै सस्तो पनि बन्छ । उत्पादनमा हामीले यसलाई किन नराख्ने ? यो नीति भित्र किन नराख्ने ? नीतिगत सिफारिस गर्नुपर्छ । यो विषय छुटेको छ । त्यसैले जस्ताको त्यस्तै एउटा बुँदा थप्नुपर्छ ।’


संशोधनकर्ता सांसदहरुहरुले जलवायु परिवर्तनका विषयलाई गम्भीर रुपमा लिएर वातावरणीय जोखिमलाई कम गर्दै स्थानीय हितलाई ध्यान दिई विधेयक बनाउनुपर्ने धारणा राखे
साथै सांसदहरुले स्वदेशी तथा विदेशी लगानी ल्याउन ऐनले सहयोग गर्ने भएपनि जलस्रोतसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्दा अन्य ऐनसँग नबाझिने गरी बनाउनुपर्ने पनि बताएका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ