रुकुम पश्चिमको चौरजहारीमा तिज विशेष साँस्कृतिक प्रतियोगिता सम्पन्न नवजिवन समुह प्रथम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा तिज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


चौरजहारी नगरपालिका वडा नम्वर ६ ऐराकेमा स्थानीय सहिद स्मृति कला साँस्कृतिक सङरक्षण केन्द्रले आयोजना गरेको तिज विशेष प्रतियोगितामा २८ वटा समुहले भाग लिएका थिए ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नगरपालिका अन्र्तगत विभिन्न वडाका महिला समुहहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

कला साँस्कृतिक केन्द्रका अध्यक्ष बिरेन्द्र सोनिको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमको अवसरमा महिला छेलो प्रतियोगिता समेत आयोजना गरीएको पत्रकार जीवन के.सी.ले जानकारी दिनुभयो ।

तिज विशेष लोक नृत्य प्रतियोगितामा नवजिबन चौरजहारी बिलिभर्स, प्रथम संरचना महताराको समुह दितिय, संगीता नेपालीको समुह तृतीय र कल्पना मल्लको समुहले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

विजेता समुहलाई क्रमस ७ हजार, ५ हजार, ३ हजार र १ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

१० जनाले भाग लिएको महिला छेलो प्रतियोगितामा निर्मला वोहरा प्रथम, सपना वुढाथोकी, दितिय, र सुप्रतिभा महताराले तृतीय स्थान हात पारेका छन । विजय समुहलाई १५ सय १ हजार र ५ सय नगद एवम प्रमाण पत्र प्रदान गरीएको थियो ।

सेयर: 42
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ