Ad imageAd image

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उनले पत्र मार्फत जानकारी गराएका छन् । महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ ।

उनले राजीनामा पत्रमा निर्वाचन गराउनका लागि पहलकदमी लिए पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

- Advertisement -
Ad imageAd image

उनले पत्रमा उल्लेख गरेका छन, ‘सिङ्गो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन ।’ सरोकारवाला पक्षले समेत सदस्यसूची  आफूलाई देखाएर मात्र अघि बढ्न पर्ने अपेक्षा राख्दा मन खिन्न हुने गरेको उनले उल्लेख गरे  ।

यस्तो अवस्थाबाट आफूमा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ नभएको उनले पत्रमा उल्लेख गरेका छन् । आगामी दिनमा महासंघको हुने गतिविधिलाई आवश्यकता अनुसार साथ समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।  

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
100%
2 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ