Ad imageAd image

आठ वर्षपछि हङकङमा गुन्जिदै ‘मंगोलियन हार्ट’

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं– चर्चित सांगितिक ब्यान्ड ‘मंगोलियन हार्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हार्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो ।
ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले हङकङमा ८ बर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताए । ‘८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौं,’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ । हामी विशेष तयारी गरिरहेका छौं । हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर छौं ।’

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला, आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।
कन्सर्टलाई नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ । सांगीतिक यात्राका लागि मंगोलियन हार्टको टिम आगामी आइतबार सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्दैछ ।

सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
light rain
26° _ 26°
77%
2 km/h
शनि
26 °C
आइत
26 °C
सोम
23 °C
मंगल
22 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ