उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : सांसद परियार

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारले  उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले राज्य लोकतन्त्रमाथि आक्रमण गर्न लागेको बताए । 

उनले  भने, ‘जब शासकहरु भ्रष्ट हुन्छन्, जब शासन सत्ताले राज्यका सबै अंग वा निकायहरुलाई निकम्मा बनाउँछ त्यसपछि राज्यहरु असफल हुँदा रहेछन् । आज बिहान समाचारहरु हेर्दा मलाई लाग्छ राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ ।  उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा  सामान्य होइन ।’

साथै उनले आजको सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए ।

उनले  भने, ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् तपाईंहरू आफैंले खनेको खाल्डोमा पर्नुहुनेछ । राष्ट्रिय  स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, सम्मानित पद गुमाउँला तर लोकतन्त्रका लागि राष्ट्रिय  स्वतन्त्र पार्टी सधैं लड्ने छ । नेपाली लोकतन्त्र यति कमजोर हो, लोकतन्त्रको हुर्मत लिने हो ?’

उनले संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ