‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित  दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रिय कार्यशाला तथा ११औं साधारणसभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरुले, कृषकका मर्म  बुझेकाहरुले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुुहुने किसानहरुले, कृषकका मर्म बुझ्नुभएकाहरुले उहाँहरुले यसको लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’

साथै उनले किसानको उन्नती हुन्न नहुञ्जे देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको बताए  ।

उनले  भने, ‘जबसम्म किसानको उन्नती हुन्न,  जबसम्म कृषकहरुलाई अगुवा बनाउँदैनौं तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरुमा त्यस्तो नहोला, आम रुपमा । त्यो पनि एसियाका देशहरु कृषि मै आधारित छौं । कृषकहरुमा एकआपसमा सम्बन्ध जोडिएको हुन्छ । हामी यहाँका उत्पादनहरु अन्यत्र लान्छौं, अन्यत्रका यहाँ ल्याउँछौं । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौं । अहिले नेपाल सरकारले जनतालाई आधारभुत रुपमा खाद्य सम्प्राभुद्धा अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ । संविधानमा उल्लेख नियमहरुको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको छ ।’

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ