विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि  दाहाल निर्वाचित भएकी हुन् ।

निर्वाचित भएपछि पत्रकाहरुसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो । प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरुको निर्वाचन हुने गर्दछ । म आफैं पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु । अहिले समितिमा तीनवटा विधेयकहरु छन् । ति विधेयकहरुमा हामी छलफल गर्छौं । अन्य विधेयकहरु सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौं । म आफ्नो क्षमताले भ्याएअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु ।’

समितिका कुल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र नेकपा एकिकृत समाजवादीकी जयन्तीदेवि राइले ७ मत प्राप्त गरिन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
64%
1 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ