मौसम पूर्वानुमा ः यी प्रदेशमा वर्षाको सम्भावना 

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका तराई भू–भाग तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापसमा छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ