संचारमाध्यमलाई रवि लामिछानेको कटाक्ष ः मलाई नंग्याउने निउँमा आफूलाई नाङ्गो नपार्नुहोस

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय छानविन विषेश समितिले आफूलाई लाग्दै आएको मुल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिएपनि केही सञ्चार माध्यमहरु भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्विकार्न नसकेको बताए ।

उनले भने, ‘हिजो भर्खरै संसदीय छानविन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो । त्यसमा मुल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरु मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए । समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन । सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । पुष्टि हुन सकेन । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ । यति कुरा स्वीकार्न के गार्हो कुरा भयो । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ । हामीलाई केही आपत्ति छैन ।’

कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरु गाली खान नडराउने स्पष्ट पारे । त्यस्तै, सभापति लामिछानेले अरुलाई नंग्याउने निउँमा आफूहरु नाङ्गो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे ।

‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस,’उनको भनाइ छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ