दरबार मार्गमा ‘कन्सर्ट’को तयारी ः सवारी आवागमन बन्द

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माण लगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

‘काठमाण्डौंको दरवारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१÷०६÷०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१÷०६÷०१ गते २०ः०० बजेदेखि मिति २०८१÷०६÷०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ ।

सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्दै छ । सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्दै छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ