सेती नदीमा ट्याक्टर खस्याे, दुई जना बेपत्ता

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बझाङ । बझाङमा सेती नदीमा ट्याक्टर खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् ।   जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका–२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।  ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिए । ‘तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पु¥याइएको छ,’ उनले भने, ‘बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौं तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।’ ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताएका छन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ