मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  लोकतान्त्रिक  समाजवादी  पार्टी  नेपालका  अध्यक्ष मोहन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी  र जनजातिलाई  हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन्  । 

बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सहि उत्तर कहिले नदिएको बताएका हुन् । 

उनले  भने, ‘जसोतसो  संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौं । संशोधन भएपनि मधेशी मधेशी नै रह्यो । जनजाति  जनजाति  नै रह्यो, हेर्ने  दृष्टिकोण, गरिने व्यवहारमा कहिले  परिवर्तन भएन । संविधानले सहि उत्तर दिइरहेको छैन ।’

साथै उनले  संविधानमा नयाँ कानून बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए । उनले संविधान अनुसारका कानून नै नबनेको जिकीर गरे । जुन कानून संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको बताए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ