राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् ।


संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले, राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए । उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए ।


उनले भने,‘राजनीति चाँही अहिले फोहोरी हुँदै गएको छ । पहिला पनि राजनीति भनेको चाहीं फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरुलाई सिकाइरहेको पाइन्थ्यो । त्यो गलत कुरा थियो । राजनीति फोहोरी खेल होइन् । तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ ।’


उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे । अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै समयअनुकुल परवर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताए । धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित रहेको उनको भनाइ छ ।


उनले भने,‘संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको गुञ्जायस खोजिराख्नुपर्छ । संशोधनको गुञ्जायस खोजिराख्नुपर्छ । धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित छन् अहिलेसम्म । ०४६ सालमा बनेको संविधान ७२ सालमा किन भत्कियो भन्दा समयअनुकुल परवर्तन गर्दा नै हो ।’


उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ