सरकार र निजी क्षेत्र मिलेर अघि बढ्छ : मन्त्री भण्डारी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताएका हुन् ।

मन्त्री भण्डारीले नितीगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको बताए  । उनले मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्यक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताए ।

उनले आर्थिक मन्दीका कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताए । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उनले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाई छ ।

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।

जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले भने, ‘सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ । सरकारबाट जनताले आशा राख्न छाड्नु हुँैदन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।’

उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभा संखमुलमा आयोजना गरिएको हो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ