Ad imageAd image

आर्थिक विकासको लागि बचतलाई प्रोत्साहन गर्न आवश्यक

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुंच विस्तार गर्न आवश्यक रहेको बताए ।


शुक्रबार काठमाडौंमा आयोजित निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनमा बोल्दै उनले पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलव्धि देखिएको बताएका हुन् ।


उनले भने,‘आर्थिक बिकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुंच विस्तार गर्नु आवश्यक एवम् अपरिहार्य हुन्छ। पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सांवा व्याज फिर्ता हुने सुनिश्चतताको लागि कर्जा सुरक्षणको संस्थागत व्यवस्था गर्ने क्रममा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलव्धि देखिएको छ।’


त्यस्तै उनले वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्व हुने बताए । बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी थप विश्वसनीय बनाउन कोषको भूमिका महत्वपुर्ण रहने उनको भनाई छ ।

- Advertisement -
Ad imageAd image


उनले भने,‘वित्तीय प्रणलीमा जनविश्वासको सर्वाधिक महत्व हुन्छ। कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको संभावित नोक्सानीबाट संरक्षण गर्न तथा वित्तिय प्रणालीमा रहेको जोखिम न्यूनीकरण गरी यसलाई थप विश्वसनीय वनाउन कोषको भूमिका महत्वपुर्ण हुन्छ। वित्तिय क्षेत्रको विकासको लागि वित्तिय पहुँच अभिबृद्धि, नविन वित्तिय उपकरणहरुको उपयोग, बचत तथा कर्जा विस्तार, सुरक्षणको संस्थागत तथा वित्तिय सुशासनको लागि प्रभावकारी नियमन जस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी छ।’

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
43%
2 km/h
बुध
29 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ