थारु समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ :मन्त्री चौधरी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले, थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित आदिवासी थारुको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अविभावकहरुलाई आग्रह गरे ।

उनले भने, ‘आफ्नो छोराछोरीलाई चोट पटक नलागोस् भनेर मात्र होईन् । शिक्षा पनि राम्रो होस् भनेर बस्नुहोला । थारु समाजमा दिनप्रति दिन शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको महशुस भइरहेको छ । सानोमा एकदमै राम्रो पढेको हुन्छ तर जति ठूलो हुन्छ, त्यती विद्यार्थीहरु कमजोर हुँदै जान्छ । त्यसैले म आग्रह गर्न चाहन्छु । तपाइको छोराछोरीलाई लगाम लगाइदिनु होला ।’

उनले वर्तमान सरकारले सहकारी पीडितहरुको समस्या चाँडै सम्बोधन गर्ने भन्दै जनताको हितको लागि सरकार अग्रसर रहेको बताए ।

उनले भने, ‘म सरकारको मन्त्री भएको नाताले सबैभन्दा पहिले सुशासन कायम गर्ने कुरामा मेरो अहम भूमिका छ । सहकारी पीडितहरुको समस्या पनि सरकारले चाँडै सम्बोधन गर्छ । जनताको हितको लागि सरकार सँधै अग्रसर छ ।’

उनले जितिया पर्वलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा भव्य रुपमा मनाउनु पर्ने धारणा राखे ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ