मुगु जिल्ला ६५औं साक्षर जिल्ला घोषणा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ ।सोमबार एक औपचारिक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।


जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरुले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसहित सरोकारवालाहरुले सामुहिक रुपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरुले १२ सूचकहरु मध्य ६ सुचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउदा ध्यान दिन सुझाव दिएका छन् ।
नागरिक अगुवा रुप बहादुर मल्लले साक्षर घोषणामा मात्र सिमित नराखेर अबदेखि आफ्ना व्यवहार,आचरण र कृयाकलापमा पनि साक्षरताको रुप देखाउनुपर्ने बताए ।
मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ