झापामा खोलाले बगाएर ३ जना बेपत्ता

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

झापा । झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् ।

गौरीगंज गाउँपालिका वडा–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।

शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ ।

नदीको पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

यसैगरी शुक्रवार साँझ ६ बजेको समयमा कमल गाउँपालिका वडा न( १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलामा बेपत्ता भएका हुन् ।

खोलामा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरादहको प्रहरी टोली खटिएर बेपता चौधरीको खोजी गरिएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार नै कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन् ।

भारतमा सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित दिनभरि खोजी कार्य गरिएको भए पनि नभेटिएको भट्टराईले जानकारी दिएका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
51%
2 km/h
आइत
17 °C
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ