काठमाडौंका बस्ती र सडकमा बाढी : सवारी आवागमन प्रभावित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिहीबार बेलुकीदेखिको लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका बस्ती र सडकमा बाढी पसेको छ ।

अधिकांश स्थानका सडकमा बाढी पसेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका जनाएको छ ।

यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको छ ।

दक्षिणकालीबाट फाखेल हुँदै हेटौँडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ ।

नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।

यसैगरी स्वयम्भूमा गुडिरहेको मोटरसाइकलसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । मोटरसाइकल भेटिए पनि मानिस अझै बेपत्ता छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
53%
2 km/h
आइत
24 °C
सोम
26 °C
मंगल
26 °C
बुध
26 °C
बिहि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ