मौसम बिग्रिएपछि आन्तरिक उडान बन्द

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण अन्तरिक उडान बन्द भएको छ ।

खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् ।

देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
40%
1 km/h
शुक्र
24 °C
शनि
30 °C
आइत
31 °C
सोम
32 °C
मंगल
32 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ