Ad imageAd image

बाढीपीडितले प्रचण्डलाई भने : अभिभावकत्व गरिदिनुस्

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् ।

डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् ।

ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् ।

पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन  सहज बनाइदिन आग्रह गरे।

- Advertisement -
Ad imageAd image

पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको बिरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताए ।

जनजीवन सहज बनाएर सबै पीडितलाई दशै मनाउन सक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताए । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उहाँले सबैलाई आग्रह गरे ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ