टी–२० श्रृंखला :  नेपाल क्यानडासँग चार विकेटले पराजित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ ।

किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको योगदान दिँदा रविन्द्रपाल सिंह २० रनमा अविजित रहे ।

नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, आसिफ शेखले ३० रन जोड्दा गुल्सन झा २३ रनमा अविजित रहे । यसैगरी, कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, करण केसीले ८ तथा कप्तान रोहित पौडेल र कुशल मल्ल समान ४–४ रन जोडे ।

क्यानडाका लागि हर्ष ठाकेरले २ तथा प्रविन कुमार, अखिल कुमार, डिलोन हेलिगर र साद बिन जाफरले समान १–१ विकेट लिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
60%
4 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
22 °C
मंगल
22 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ