आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।


पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित ग¥यो ।


गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त पायो । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुप¥यो ।


विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए ।
महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो ।


तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।


विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्टर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बनिन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
शुक्र
27 °C
शनि
27 °C
आइत
27 °C
सोम
22 °C
मंगल
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ